कोप–२९ मा सहभागी भई फर्कनुभयो राष्ट्रपति

काठमाडाैं | कात्तिक ३०, २०८१

कोप–२९ मा सहभागी भई फर्कनुभयो राष्ट्रपति

काठमाडौं:   राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित  जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९)मा सहभागी भएर आज बिहान स्वदेश फर्कनुभएको छ ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँलाई उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसमभाका अध्यक्ष नारायणप्रसाद दाहाल, गृहमन्त्री रमेश लेखकले स्वागत गर्नुभयो ।


राष्ट्रपतिको स्वागतका लागि मन्त्री,सरकारका उच्च पदस्थ अधिकृत तथा सुरक्षा निकायका प्रमुख  विमानस्थलमा उपस्थित हुनुहुन्थ्यो ।नेपाली सेनाको १ टुकडीले राष्ट्रपतिलाई सम्मानगारतबाट सम्मान गरेको थियो ।


राष्ट्रपति पौडेल अजरबैजानका आफ्ना समकक्षी इलहम अलियेभको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन यही कात्तिक २५ गते बाकुतर्फ प्रस्थान गर्नुभएको थियो ।


राष्ट्रपति पौडेलका साथ प्रथम महिला सविता पौडेल, राष्ट्रपतिका जल तथा वातावरणविज्ञ डा परमेश्वर पोखरेल, राष्ट्रपति कार्यालयका सचिव नाराणप्रसाद शर्मा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि पुष्कर,राष्ट्रपतिका प्रमुख स्वकीय सचिव अवज्ञा पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई, राष्ट्रिय समाचार समिति ९रासस०का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, राष्ट्रपतिका सञ्चारविज्ञ किरणकुमार पोखरेल पनि स्वदेश फर्कनुभएको छ ।

काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरी जाँचबुझ गर्दा कैलाली क्षेत्र नं १ बाट मनोनयन पत्र दर्ता गर्नुभएका रेशमलाल चौधरीको उम्मेदव...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएपछि गगनकुमार थापाले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा पहिलो पटक बैठक राख्दैछन् । गत पुस २७ देखि माघ २ गतेसम्म भएको दोस्रो विशेष महाधिवेशनबाट...

थप पढ्नुहोस्

म्याग्दी: बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गर्नुभएको छ ।  जिल्ला प्रशासन कार्यालयले मङ्गलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका ...

थप पढ्नुहोस्